स्वयंसेविकाको वृत्तिविकासमा विशेष कार्यक्रम ल्याउनेछौँ : मुख्यमन्त्री कार्की « Khabarhub

स्वयंसेविकाको वृत्तिविकासमा विशेष कार्यक्रम ल्याउनेछौँ : मुख्यमन्त्री कार्की


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

धनकुटा– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले स्वयंसेविकाको वृत्तिविकासका लागि कोशी प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिएका छन् । मन्त्रिपरिषद् बैठकका लागि धनकुटा पुगेका कार्कीले आज धनकुटा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकासँगको भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएका हुन्  ।

नेपाल पत्रकार महासङ्घ धनकुटाको समन्वयमा भएको कार्यक्रममा स्वयंसेविकाले राखेको मागलाई सम्बोधन गर्दै कार्कीले समाजको तल्लो तहसम्म पुग्ने स्वयंसेविकाको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताए । उनले स्वयंसेविकाको सम्मान र प्रोत्साहनका लागि प्रदेशअन्तर्गत १४ जिल्लाका स्वयंसेविकालाई जनही पाँच-पाँच हजारका दरले रकम वितरण कार्यक्रम भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले सबै जिल्लाका स्वास्थ्य क्षेत्रसँगको छलफल गरेर स्वयंसेविकाका लागि क्षमता विकास, बीमा कार्यक्रम, सेवा सुविधालगायत कार्यक्रम तय गरिने जानकारी दिए। 

महिला स्वास्थ्य स्वयंसेविकाको वृत्तिविकास पनि यसै मानवीय विकासअन्तर्गत रहेकाले स्वयंसेविकाको सेवासुविधाका लागि छलफल भइरहेको कार्कीले बताए। डाक्टर, कर्मचारी सबै एक प्रकारको स्वयंसेवक भएकाले आफ्ना परिवार र बालबच्चा छोडेर अरूको सेवा गर्ने स्वयंसेविकाका लागि उचित सेवासुविधाको कार्यक्रम ल्याइने कार्कीले प्रतिबद्धता जनाए।

मन्त्री कार्कीलाई स्वयंसेविकाले क्षमता विकास कार्यक्रम, उचित सेवासुविधा थप, अक्षयकोष निर्माणमा सहयोग, सेवानिवृत्त पछिको आर्थिक सहयोगमा वृद्धिलगायत माग राखेका थिए । कार्कीसहित कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप सुनवार, उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्री, योजना तथा आर्थिक मामिला राज्यमन्त्री इन्दिरा थापाको उपस्थिति थियो । 

मन्त्रीको टोलीलाई नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राई र राससका महाप्रबन्धक  सिद्धराज राईले सम्मान गरेका थिए । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ४४ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको