धनकुटामा बसेको कोशीको मन्त्रिपरिषद्ले के गर्‍यो निर्णय ? | Khabarhub Khabarhub

धनकुटामा बसेको कोशीको मन्त्रिपरिषद्ले के गर्‍यो निर्णय ?


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनकुटा । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सरकारी कार्यालयले कार्यक्रम गर्दा प्रयोग हुने मायाको चिनो, खादा, मालालगायतका सामग्री प्रयोग गर्दा प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै धनकुटा र उदयपुर जिल्लाको सङ्गममा अवस्थित अरुण र तमोर नदीको सङ्गममा धनकुटातर्फ रहेको किरात सभ्यतासँग जोडिएको खुवालुङ (ढुङ्गा) लाई सांस्कृतिक पर्यटनका रुपमा विकास गर्ने र प्रदेश मन्त्रिपरिषद् बैठक महिनाको एक पटक धनकुटामा बस्ने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री समशेर राईले जानकारी दिए ।

मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा पहिलोपटक मन्त्रिपरिषद् र लगानी बोर्डको बैठक आज बसेको थियो । लगानी बोर्डको बैठकले साँगुरीगढी गाउँपालिकाको भेडेटारमा करोडौँको लगानीमा निर्मित स्काइवाकलाई सम्बन्धित पक्षसँग राजस्व बाँडफाँटको बारेमा आवश्यक छलफल गरेर योजना सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने निर्णय गरेको लगानी बोर्डका कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिए।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ९ : १७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग