मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ? | Khabarhub Khabarhub

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई दिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले दुई महिनाअघि आह्वान गरेको ठेक्का भारतीय कम्पनी इण्डियन पोटास लिमिटेडले हात पारेको हो ।

एक करोड २८ लाख ७६ हजार ३०० अमेरिकी डलर (करिब १ अर्ब ७१ करोड २५ लाख रुपैयाँ) मा इण्डियन पोटासले ठेक्का सकारेको हो ।
ठेक्का शर्तअनुसार भारतीय कम्पनीले १०७ दिनभित्र नेपालमा ३० हजार टन युरिया मल ल्याउनुपर्नेछ ।

यसअघिका वर्षमा राजनीतिक पहुँच आधारमा ठेक्का हात पार्ने, तर मल नै नल्याई खेती लगाउने सिजनमा किसानलाई अत्याउने प्रवृत्ति थियो । यसपटक भारतीय कम्पनीले सीधै ठेक्का पाएकाले किसानले समयमै मल पाउने कृषि सामग्री केन्द्रका अधिकारीहरू बताउँछन् ।

तर, धानको ब्याड राख्ने समय भैसकेको र मल ल्याउन १०७ दिनको समय दिइएकाले यसपटक पनि किसानले समयमै मल नपाउने जोखिम कायमै छ । ठेक्का लागेको ३ महिना १७ दिन हिसाब गर्दा भारतीय कम्पनीले अवधि गुजार्न खोजे भदौको मध्यतिर मात्र नेपालमा युरिया मल उपलब्ध हुन सक्छ ।

भारतीय ठेकेदारले ल्याएको मल जिल्ला–जिल्लामा वितरण गर्दासम्म मुख्यतः धान काट्ने याम शुरू भइसक्छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : १५ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ