क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो « Khabarhub

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

क्यानडा पठाइदिन्छु भनेर एकजना युवतीलाई दुबईमा लगेपछि बेचेको अभियोगमा प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-३ घर भई काठमाडौंको नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार पक्राउ गरेको हो ।

मल्टिमिडिया प्लाटफर्म टिकटकबाट चिनजान भएका हवारीले धेरैजनालाई यसअघि क्यानाडा पठाइसकेको प्रलोभनमा पारेर ती युवतीलाई दुबईमा बेचेको खुलेको हो ।

पीडितलाई दुबई पुर्‍याएर बेचबिखनपछि बन्धक बनाएको अवस्थामा पीडितका आफन्तहरूको सहयोगमा नेपाल फिर्ता गराइएको थियो ।

घटनापछि फरार हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनसँगको समन्वयमा नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

हवारीले क्यानडा जान ३० लाख रूपैयाँ लाग्ने बताउनुका साथै ती युवतीलाई बिहे गर्ने प्रलोभन देखाएर नेपालमै पटक पटक यौन शोषण गरेको पनि खुलेको प्रहरीले जनाएको छ । बिहेको बहानामा यौन शोषणपछि ती युवतीलाई दुबई लगेर बेचिएको खुलेको छ ।

हवारीले युवतीबाट विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ ठगी गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

हवारीविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ । यस प्रकरणमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : २४ बजे

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका