म्याग्दीमा उन्मूलन भयो औलो « Khabarhub

म्याग्दीमा उन्मूलन भयो औलो


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रुपमा रहेको थियो । सरकारले नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन राष्ट्र बनाउने लक्ष्य राखेको छ । 

पछिल्लो तीन वर्षयता औलोका रोगी फेला नपरेकाले औलो उन्मूलन भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए। 

‘मापदण्डअनुसार म्याग्दीमा वार्षिक एक हजार चार सय जनामा लक्षण देखिएका बिरामीको औलो परीक्षण गरिँदै आएको छ’, उनले भने, ‘पछिल्लो तीन वर्षयता औलोका बिरामी नभेटिएकाले औलो उन्मूलन भएको घोषणा गर्न सकिने आधार बनेको छ ।’

सचेतनामूलक कार्यक्रम, समुदायस्तरमा सावधानी, उपचारमा पहुँच वृद्धि, स्वास्थ्यचौकी तहमा परीक्षण गरी औलोका बिरामी पहिचान गर्न थालेपछि औलो उन्मूलन हुन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताए  । 

उनका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९-८० मा २६, २०७८-७९ मा १३ र २०७७-७८ मा १२ जना औलोका बिरामी भेटिएका थिए । उनीहरु सबै आयातित औलोका बिरामी हुन् । विदेश अथवा जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिलाई ४५ दिनभित्र देखिने औलोलाई आयातित र एकै ठाउँमा रहेका व्यक्तिमा देखिने औलोलाई स्थानीय भन्ने गरिएको छ । 

तापक्रम वृद्धिको असर, विदेशी मुलुकमा हुने आवतजावत, पर्यटक, जोखिमयुक्त ठाउँमा यातायात सम्बन्ध आदिका कारणले आयातित औलोको जोखिम रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र सापकोटाले बताए । 

ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् । फाल्सीफोरम परजीवीका कारण हुने औलोमा इन्सेफ्लाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ ।

औलोबाट बच्नका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घरवरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउन चिकित्सकले आग्रह गरेका छन् । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : २६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्