बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई | Khabarhub Khabarhub

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो वर्षको परीक्षामा अनुत्तीर्ण भएकी छन् ।

बाल्यलका कम्लरी बसेर बिताएकी उनले एमालेको राजनीतिमा होमिएसँगै स्कुल हुँदै पढाइलाई कलेजसम्म पुर्‍याएकी छन्।

यस्तोमा शुक्रबार आएको नतिजाअनुसार आफू बीए पहिलो वर्षमै फेल हुन पुगेको चौधरीले बताएकी छन् ।

त्रिभुवन विश्वविद्यालयले यो परीक्षा २०८० वैशाखमा लिएको थियो ।

‘यस पटक चाहिँ ‘ब्याचलर फर्स्ट इअर’मै फेल भइयो’, उनले आफ्नो नतिजाबारे सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बुढेसकालको पढाइ न पर्‍यो । केही छैन लडेर फेरि उठने छु।’

उनले आफू जस्तै अनुत्तीर्ण भएका साथीहरूलाई निराश नहुन पनि भनेकी छन् ।

‘यसरी नै हिम्मत गरेर अगाडि बढ्न हुन अनुरोध गरेँ, मैले मसँगै फेल हुने मेरा प्यारा साथीहरूलाई’, शान्ताले भनेकी छन्, ‘बधाई तथा शुभकामना छ, पास हुने मेरा सम्पूर्ण साथीहरूलाई।’

शान्ताका अनुसार उनलाई बीए पहिलो वर्षमा अंग्रेजी र ग्रामीण विकास (आरडी) लागेको छ ।

शान्ता र अभिनेत्री करिश्मा मानन्धर १२ कक्षा उत्तीर्ण गरेपछि एकसाथ कोटेश्वरस्थित हिमालय कलेजमा बीएमा भर्ना भएका थिए । करिश्माको नतिजाबारे भने केही खुलेको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : ३७ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना