भारतमा दोस्रो चरणको मतदान सुरु « Khabarhub

भारतमा दोस्रो चरणको मतदान सुरु


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड गर्मीबाट प्रभावित मुलुकका केही भागमा लाखौँ मतदाता मतदान केन्द्रहरूबाहिर लाइनमा उभिएका थिए । 

जुनको प्रारम्भमा सम्पन्न हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । यद्यपि गत साताको पहिलो चरणको मतदानमा सन् २०१९ को पछिल्लो निर्वाचनभन्दा करिब चार अङ्क झरेर ६६ प्रतिशत मत खसेको छ । भारतीय मिडिया आउटलेटहरूले औसतभन्दा धेरै तापक्रमका कारण कम मतदान भएको अनुमान गरेका थिए । 

मतदान पुनः सुरु हुनुभन्दा केही समयअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा जनतासँग गर्मी भए पनि ‘कीर्तिमानी सङ्ख्या’ मा मतदान गर्न आग्रह गरे । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘उच्च मतदानले हाम्रो लोकतन्त्रलाई बलियो बनाउँछ, तपाईंको मत तपाईंको आवाज हो ।’

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा निर्वाचन गराउने ठूलो बोझ कम गर्न चरणबद्ध मतदानअन्तर्गत दोस्रो चरणको मतदान सुरु भएको हो । दोस्रो चरणको मतदानमा यो साता ४० डिग्रीभन्दा माथि तापक्रम रहेका जिल्लाहरू समावेश छन् । भारतको मौसम ब्युरोले सप्ताहन्तसम्म धेरै राज्यमा भीषण गर्मीको अवस्था जारी रहने बिहीबार बताएको छ ।

दोस्रो चरणको मतदानमा पूर्वी राज्य बिहारका केही भाग समावेश छन् । यहाँ पाँच जिल्लामा शुक्रबार मतदान हुँदैछ । यहाँ यो साता मौसमी औसतको तुलनामा पाँच दशमलव एक डिग्री सेल्सियसभन्दा धेरै तापक्रम रेकर्ड गरिएको छ । 

दक्षिणमा कर्नाटक राज्य र भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य तथा हिन्दु आस्थाको केन्द्र उत्तर प्रदेशका केही भागमा पनि गर्मीको लहरको सामना गर्दै मतदान गर्ने तालिका रहेको छ । 

यसै साताको प्रारम्भमा भारतको निर्वाचन आयोगले प्रत्येक चरणको मतदानअघि गर्मीको लहर र आर्द्रताको प्रभावको समीक्षा गर्नका लागि कार्यदल गठन गरेको बताएको थियो । द हिन्दु अखबारले प्रचण्ड गर्मीका कारण ‘मतदान प्रतिशतमा गिरावट आउन सक्छ’ भन्ने चिन्ताका कारण यस्तो निर्णय लिइएको हुनसक्ने बताएको छ । 

सोमबार एक विज्ञप्तिमा आयोगले शुक्रबारको मतदानमा तातो तापक्रमको प्रभावका बारेमा ‘कुनै ठूलो चिन्ता नभएको’ बताएको थियो । तर मौसमको रिपोर्टहरूलाई नजिकबाट अनुगमन गरिरहेको र ‘मतदान कर्मचारीका साथै मतदाताहरूको आराम र कल्याण’ सुनिश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, अधिक लगातार र अधिक तीव्र हुँदै गरेको वर्षौंको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : ५६ बजे

सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको