हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर « Khabarhub

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेका हुन् ।

जापानीज कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा कोमात्सुको १४७ हर्सपावर क्षमताको आफ्नै इन्जिन रहेको छ । कोमात्सुका स्काभेटर ४ र ६ सिलिण्डर दुवैमा उपलब्ध छन् ।

यो स्काभेटरले अन्य स्काभेटरको तुलनमा कम इन्धन खपत गर्छ । यसको अघिल्लो संस्करण भन्दा यो संस्करणको मूल्य १० लाख रुपैयाँ कम रहेको नेपालका लागि कोमात्सु स्काभेटरको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालीका प्रबन्धक प्रदीप बरालले जानकारी दिए ।

हाइड्रो एक्स्पोमा सार्वजनिक गरिएको स्काभेटर एक्स्पो अवधिमै ३ वटा बुकिङ भइसकेको पनि बरालले जानकारी दिए ।

यसमा कोमट्र्याक्स जडान गरिएको हुन्छ । यो प्रविधिलाई सजिलैसँग मोबाइलमा लिंकअप गरेर घरमै बसी बसी सबै गतिविधिको अनुगमन गर्न सकिन्छ । यो स्काभेटरको मेन्टिनेन्स खर्च समेत निकै कम रहेको कम्पनीले बताएको छ ।

यो स्काभेटर जनरल कन्स्ट्रक्सन र हाइड्रोपावर निर्माणमा निकै उपयोगी हुने प्रबन्धक बरालले बताए ।

 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १ : ५६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५