राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान « Khabarhub

राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड थान सिक्का टकमरी र नौ करोड थान नयाँ बैंक नोट छपाइ गरेको छ ।

चालू छपाइ चक्रअन्तर्गत २० रुपैयाँ दरको नोट नौ करोड थान, १ रुपैयाँ दरको २३ करोड थान र २ रुपैयाँ दरका आठ करोड थान सिक्का टकमरी गरेको हो । टकमरी र छपाइ भएका मुद्रा आपूर्ति भइसकेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार केन्द्रीय बैंकले नोट छपाइ चक्र अन्तर्गत नै अब ५, १० र १०० दरका बैंकनोट छपाइ प्रक्रिया अघि बढाएको छ । विद्यमान मुद्रा व्यवस्थापन पद्धतिलाई क्रमशः आधुनिकीकरण तथा यान्त्रिकीकरण गर्दै जाने लक्ष्य बमोजिम झुत्रा नोट धुलाइ गरी ब्रिकेट बनाउने आठ थान मेसिन खरिद गरिएको पनि गभर्नर अधिकारीले बताए ।

राष्ट्र बैंकले झुत्रा नोटबाट ब्रिकेट बनाउने मेसिन थापाथलीस्थित निर्माणाधीन भवन तथा प्रदेशस्थित कार्यालयहरूमा जडान गरिसकेको छ । नोट पेलेर ती मेसिनले बनाउने ब्रिकेट बिक्री गर्ने व्यवस्था समेत मिलाइएको गभर्नर अधिकारीले जानकारी दिए ।

पछिल्लो लटमा थप गुणस्तरीय बैंक नोट छाप्न सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने सबैजसो प्राविधिक स्पेसिफिकेसनलाई निरन्तरता दिइएको पनि गभर्नरले जनाए ।

राष्ट्र बैंकले हाल आठ स्थानमा रहेका नोटकोष र वाणिज्य बैंकमा रहेका ७२ वटा नोटकोषमार्फत बैंक/वित्तीय संस्था, सहकारी र सरकारी निकाय तथा सर्वसाधारणलाई आवश्यक पर्ने मुद्राको सहज आपूर्ति गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ३२ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको