समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै « Khabarhub

समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने १ जना युवक पक्राउ परेका छन् ।

बेनी नगरपालिका- ६ को खैरेनी सामुदायिक वनमा आगो लगाउने स्थानीय एकजना युवकलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

गत वैशाख ९ गते डढेलो लगाएको सूचनाका आधारमा पक्राउ गरिएका युवा केही दिनअघि मात्रै वैदेशिक रोजगारी फर्किएका खुलेको छ।

सहायक वन अधिकृत विनयबहादुर अधिकारीले ती युवकको विस्तृत विवरण मुद्दा अघि बढाएपछि सार्वजनिक गरिने जानकारी दिएका छन् ।

म्याग्दीमा ३ सय ११ सामुदायिक वनमध्ये १ सय १२ वटाको १ हजार हेक्टरमा डढेलो लागेको छ ।

डढेलोले ग्रामीण बस्ती जोखिमा छन् । डढेलको धुवाँले जिल्लामा वायु प्रदूषण बढेको छ । प्रदेश वन निर्देशनालयले गण्डकी प्रदेशका ११ मध्ये सबैभन्दा बढी म्याग्दीको वन क्षेत्रमा क्षति पुगेको जनाएको छ ।

वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरि तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको