बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक « Khabarhub

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् ।

मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् ।

बालेनको कविता संग्रह ‘अश्र’ बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । अश्रमा बालेनले लेखेका सयभन्दा बढी कविता संग्रहित छन् । संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा-छोटा कविताहरू छन् ।

संग्रहमा हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि कोरिएका छन् । कविता संग्रहको मूल्य ६६६ रुपैयाँ तोकिएको छ । कविता संग्रह अश्र शनिबारदेखि बजारमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ५१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त