अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन « Khabarhub

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको समर्थनलाई लिएर राष्ट्रपित सी चिनफिङलाई प्रश्न गरेका छन् ।

युक्रेन युद्धमा रूसलाई दिएको समर्थनबारे औंला उठाएका ब्लिङ्कनले यदि चीन पछि हट्ने हो भने रुस समस्या पर्ने पनि बताए ।

ब्लिङ्कनले पत्रकारहरूसँग कुराकानीका क्रममा आफूले सी चिनफिङसँग चीनको समर्थनबिनार रूस युद्धमा टिक्नै नसक्ने तर्क गरेको जानकारी दिए ।

यसअघि सी चिनफिङले चीन र अमेरिकाले सहयोगी भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले प्रतिस्पर्धाभन्दा सहयोग आदान प्रदान गरेर अघि बढ्न सके दुश्चक्रमा फस्नबाट दुवै देश जोगिने बताए ।

शुक्रबार मात्रै बेइजिङमै भएको भेटका क्रममा चिनियाँ विदेश मन्त्री वाङ्ग यीले ब्लिङ्कनलाई चीनको मामिलामा अमेरिकाले कुनै किसिमको सीमा नाघ्न नहुने चेतवानी दिएका थिए ।

अमेरिकी विदेश मन्त्री ब्लिङ्कन २४ अप्रिलदेखि चीन भ्रमणमा छन् । उनले शुक्रबार समकक्षी र चिनियाँ राष्ट्रपतिसँग वार्ता गरे ।

ब्लिङ्कनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई देशबीचका विवादास्पद मुद्दाहरूमा कुरा गरेका छन् ।

तियानमेन स्क्वायरनजिकै ग्रेट हल अफ द पिपुलमा स्थानीय समय अनुसार शुक्रबार दिउँसो यी दुई नेताको वार्ता भएको हो ।

सीले यो वर्ष अमेरिका-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ४५औं वार्षिकोत्सव भएको उल्लेख गर्दै दुई देशले  ‘शत्रुताको सट्टा साझेदार हुनुपर्छ’ भने ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ब्लिङ्कनले अमेरिकाले चीनको विकासलाई रोक्ने वा विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव ल्याउने उद्देश्य नबोकेको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया