कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत « Khabarhub

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी बलियो भने मात्र सबै बलियो हुने बताएका छन् ।

शुक्रबार नेपाल किसान महासङ्घले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले यसो भनेका हुन् ।

‘अहिलेको परिवेशमा पार्टीभन्दा पनि व्यक्तिगत प्रचारले प्रशय पाइरहेको छ । यसले संगठनमा समस्या ल्याएको छ’, उनले भने ।

उनले व्यक्तिवाद होइन, संगठनलाई केन्द्रविन्दूमा राख्न आग्रह गरे । संगठन बलियो भने वा विस्तार भएर नेपाली कांग्रेसको लोकप्रियता बढ्यो भने हामी सबैले त्यसबाट फाइदा लिन सक्ने उनको भनाइ थियो । व्यक्ति बलियो हुँदै जाने, पार्टी खिइदै जाने हो भने पार्टीबाट कसैले फाइदा लिन नसक्ने महतले बताए ।

प्रवक्ता डा. महतले भने, ‘राजनीतिक दलको भ्रातृ र शुभेच्छुक संस्थाको महत्व भनेकै पार्टीको विचारलाई सम्बन्धित क्षेत्रमा पुर्‍याउने हो । विद्यार्थी संघले पार्टीको विचारलाई लिएर जाने, तरुण दलले तरुणसमक्ष लिएर जाने, किसान संघले आम किसानको बीचमा नेपाली कांग्रेसको संगठनलाई विस्तार गर्नुपर्छ ।’

भ्रातृसंगठन भनेका सम्बन्धित क्षेत्रमा पहुँच विस्तार गर्ने पार्टीका महत्वपूर्ण साधन भएको प्रवक्ता डा. महतले बताए ।

‘अहिले पनि ६५ प्रतिशत किसान भए पनि कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा २५ देखि २६ प्रतिशत कृषिको योगदान छ । यो विस्तारै घट्दैछ । अर्थात् थोरै जिडिपीमा बहुमत जनसंख्या यो आम्दानीमा निर्भर छ । किसानमा निर्भर नेपाली जनसंख्याको सालाखाला आम्दानी अन्य पेशा व्यवसायमा संलग्न हुनेहरुको भन्दा धेरै कम छ । यसले पनि कृषिको उत्पादकत्वको समस्यालाई उजागर गर्छ’, उनले भने ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ३६ बजे

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही