महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान « Khabarhub

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न लागिएको छ । आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि १० दिने सामाजिक अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य सेवाप्रदायक, स्थानीय तह, प्रशासन र सामाजिक सङ्घ संस्थाबीच समन्वय गरी साझा संयन्त्र बनाएर अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख सुनिता गुप्ताले जानकारी दिए ।

महोत्तरी हात्तीपाइले रोग प्रभावित जिल्ला भएकाले रोग निवारणका लागि सामूहिकरूपमा अभियान सञ्चालन गरिने उनको भनाइ छ । अभियानको सफलताका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई बस्तीबस्तीका घरघर पुगेर औषधि खुवाउने तरिकाबारे अभिमुखिकरण गरिसकिएको गुप्ताले बताए ।

“यसपालि औषधि सेवनमा एकजना पनि नछुटुन् भन्ने ध्येयका साथ योजना बनाइएको छ । स्वास्थ्यकर्मीले घरघरमा पुगेर औषधि खुवाउनेछन् । यस अभियानमा सहयोगका लागि सबैलाई आग्रह छ” गुप्ता भने।

अभियानको क्रममा दुई वर्ष उमेर पुगेका सबैलाई उचाइमापन गरी औषधिको मात्रा दिइने छ । त्यसबाहेक दुई वर्ष उमेर नपुगेका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी, छारे रोग भएका, दीर्घरोगी र निरन्तर डाइलासिस गर्नुपर्ने व्यक्तिलाई औषधि खुवाइने छैन ।

यस अभियानअन्तर्गत जिल्लाका सात लाख १६ हजार दुई सय ६४ जनालाई औषधि खुवाइने कार्यालयको तथ्याङ्क छ । मधेशका आठ जिल्लामध्ये महोत्तरी, धनुषा, सर्लाही र रौतहट गरी चार जिल्लामा हात्तीपाइले रोगविरुको औषधि खुवाइने छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ८ : ५४ बजे

बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरहरू)

काठमाडौं– सुन्धारास्थित बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) ले तीव्रता पाएको छ ।

रहबर अन्सारीले छोडे नेकपा

काठमाडौं– मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राष्ट्रपतिसँग अमेरिकाका राजदूत थम्सनको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत

युक्रेनमा रूसी आक्रमण, दश लाख मानिस पानी र विद्युतबाट वञ्चित

एजेन्सी– युक्रेनमा भएको रूसी आक्रमणको कारण निप्रोपेट्रोभस्क क्षेत्रमा दश लाख

जनयुद्धका बालसिपाही दिवस नेकपाको समानुपातिक सूचीमा, यसपाली पाउलान् न्याय ?

उदयपुर- ‘जनयुद्ध’ वा ‘सशस्त्र संघर्ष’—जे नाम दिए पनि माओवादी संघर्षले