सहकारी ठगीविरुद्ध कांग्रेसले आज प्रदर्शन गर्दै « Khabarhub

सहकारी ठगीविरुद्ध कांग्रेसले आज प्रदर्शन गर्दै


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आज दिउँसो २ बजे भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम कांग्रेसले प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा निर्वाचन क्षेत्रमा १५ जना केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

आज पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागिएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको अर्बौँ रुपैयाँ सहकारीको बचत दुरुपयोग प्रकरणमा छानबिन गर्न नमानेको निष्कर्षसहित कांग्रेस आन्दोलनमा होमिएको हो ।

आजको प्रदर्शनमा कांग्रेसले गिरिबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनुका साथै सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्ने जनाएको छ ।

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेसले एक महिनाभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ ।

प्रदर्शनको पूर्वसन्ध्यामा भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार सँझ राँके जुलुस निकालेको थियो ।

 

 

 

 

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ७ : २३ बजे

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो