सहकारी प्रकरण : कार्यदलसहित शीर्ष नेताहरुको बैठक बस्दै « Khabarhub

सहकारी प्रकरण : कार्यदलसहित शीर्ष नेताहरुको बैठक बस्दै


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ ।

शनिबार दिउँसो कार्यदलको बैठक सहमति नजिक पुगेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्ष नेताबीचको छलफल निचोडमा नपुगेपछि आज पुनः छलफल हुन लागेको हो ।

कार्यदलबीच जुनजुन सहकारीबाट रकम नियमविपरीत अपचलन भएको छ, जुन कम्पनीले लिएको छ, ती सहकारी र अपचनलमा संलग्न संस्थाहरुको नाम उल्लेख गरेर जाने र त्यसैलाई केन्द्रमा राखेर छानबिन गर्ने लगभग सहमति भएको छ ।

तर कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्तावमा सत्ता पक्ष सहमतिमा नआइसकेको कार्यादल सदस्य जीवन परियारले जानकारी दिए ।

उनले सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने प्रतिपक्षको कुरामा सत्ता पक्ष सहमत भइसकेको छैन ।

यस अघि कार्यदलको बैठकमा सत्ता पक्ष ठगि भएका सहकारीको नाम र ऋण लैजाने कम्पनिको नाम उल्लेख गरेर छानबिन अगाडी बढाउन सहमत भएको थियो ।

 

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ७ : ४६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल