आईपिएल : दुई विस्फोटक टिमको उपाधि भिडन्त | Khabarhub Khabarhub

आईपिएल : दुई विस्फोटक टिमको उपाधि भिडन्त

फाइनलमा ब्रेक होला चौका, छक्का र सर्वाधिक रनको रेकर्ड ?


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

इन्डियन प्रिमियर लिग (आईपिएल) इतिहासका १० वटा धेरै योगफलका खेलमध्ये ८ वटा यो संस्करणमा देखिए। ती ८ मध्येका ५ पारी सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सको प्रतिस्पर्धामा देखियो देखियो। आइतबार हुने आईपिएल उपाधि भिडन्तमा यिनै दुई विस्फोटक टिम आमनेसामने हुँदैछन्। यो फाइनलमा चौका छककाको वर्षा मात्र होइन विशाल योगफलको अपेक्षा गर्न सकिन्छ। कतिपयले चौका, छक्का र सर्वाधिक रनको रेकर्ड बन्ने अनुमानसमेत गरेका छन्।

यी दुई टोलीको बिचमा केही भिन्नता भने पक्कै छन्। सनराइजर्स सुरुवातदेखि नै आक्रमण गर्छ। प्रत्येक बलमा चौका या छक्काको प्रयास गर्छ। यसमा असफल भएर विकेट गुमाउन थालेमा मध्यक्रमले निराशा दिलाउनसक्छ।

सनराइजर्स सुरुवातदेखि नै आक्रमण गर्छ। प्रत्येक बलमा चौका या छक्काको प्रयास गर्छ। यसमा असफल भएर विकेट गुमाउन थालेमा मध्यक्रमले निराशा दिलाउनसक्छ।

कोलकाताको भने अवस्था फरक छ। पुछारसम्मको जो कोही पनि ब्याटिङमा जम्न सक्छन्। यसै कारण पहिलो चरणमा कोलकाताले पहिलो स्थान पाएको थियो। पछि ब्याटिङ गर्ने सवालमा त यो टोली अझ बढी खतरनाक नै मानिन्छ।

आइतबार एमए चिदम्बरम क्रिकेट रङ्गशालामा अहिलेसम्मकै टी-२० इतिहासको उत्कृष्ट मध्येको एउटा टोली कोलकाता खेली रहेको हुनेछ। उनीहरूले गरेको प्रदर्शनले नै यो कुरा पुष्टि गरिसकेको छ।

यस अघिका दुई सिजन कोलाकाता सातौँ स्थानमा रहेर लिग चरणको अन्त्य गरेको थियो। यो भन्दा एकदमै फरक अवस्थामा सनराइजर्सको पनि थिएन। कोलाकताको यो वर्ष एटेकिङ सर्ट पर्सेन्ट ४५ दशमलव ०६ हो। यो एकदमै बढी हो। त्यसो त यस अघिका दुई सिजन पनि सो टोलीको सर्ट पर्सेन्ट राम्रो थियो । तर त्यो सर्ट पर्सेन्टले मात्र टोलीलाई सफलता दिलाउन सकेको थिएन। यस सिजनमा पनि कोलाकाता जस्तै आक्रामक मनोवृत्ति भएको टोली हैदरावाद र दिल्ली क्यापिटल हुन्। यद्यपि यी तीन टोलीका बिचमा केही भिन्नता पक्कै छन्।

कोलकाताको जो कोही पनि ब्याटिङ र बलिङमा जम्न सक्छन्। पछि ब्याटिङ गर्ने सवालमा यो टोली बढी नै खतरनाक मानिन्छ।

कोलाकातामा गत दुई सिजनमा भन्दा अहिले आएको परिवर्तन भनेको उनीहरूको तल्लो तहसम्मको ब्याटिङ र स्थायित्व हो। कोलाकाताले १२ खेलमा सुनिल नारायण र फिल साल्टमार्फत पारीको सुरुवात गरेको थियो। साल्ट नभएपछि रहमुल्लाह गुर्बाजले पारीको सुरुवात गर्न थालेका छन्। यस अघिका दुई संस्करणमा कोलकाताले सात भिन्न प्रारम्भिक जोडीको प्रयोग गरेको थियो।

गौतम गम्भीरले टोलीको जिम्मेवारी सम्हालेर सुनिल नारायणलाई पारीको सुरुवात गराउने क्रममा तीन अर्धशतक, एक शतक तथा ४८२ रनको अनुमान नै गरेका थिएनन्। साल्ट भने आईपिएलमा कोलकाताले लिएको खेलाडी होइन। उनी अक्सनमा बिक्री नै भएका थिएनन्। जेसन राय अनुपस्थित भएपछि साल्टले मौका पाएका थिए। यसरी मौका पाउँदा उनले १८२ को स्ट्राइक रेटमा ४३५ रन प्रहार गर्ने धेरैको कल्पना भन्दा बाहिरको कुरा हो।

वेस्ट इन्डिजका दुई खेलाडी यसरी जमेका छन् कि सबै भन्दा विस्फोटक ओपनर मध्येका एक सोही टोलीमा छन्। सबै भन्दा डरलाग्दो फिनिसिर मध्यको एक खेलाडी पनि सोही टोलीमा छन्। यी दुई ब्याटिङ र बलिङ दुवै गर्छन्। यसले अन्य खेलाडीमा सहज महसुस भएको छ। दबाब कम भएको छ। कोलकाता हरेक खेलमा ८ ब्याट्सम्यान तथा ६ बलरको साथमा उपस्थित हुनेछ।

कोलकाता हरेक खेलमा ८ ब्याट्सम्यान तथा ६ बलरको साथमा उपस्थित हुनेछ।

मुम्बई इन्डियन्ससँग बंखाडेमा भएको खेलमा ५७ रनमा पाँचौँ विकेट गुमाएको समयमा कोलकाताले बेन्चबाट नवौँ ब्याट्सम्यानको रूपमा मनिष पाण्डेलाई बोलाएको थियो। यसरी बोलाउँदा पनि सो टोलीको बलिङ समन्वय भत्किएको थिएन।

गएको २ सिजनमा कोलकातामाथि आक्रमण सर्ट बलबाट हुने गरेको थियो। लखनउ सुपर जायन्ट्सले दिएको १७७ रन पछ्याएको कोलकाताले पुनेको पिचमा ६ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै २५ रन मात्र जोडेको थियो। सो टोलीलाई ध्वस्त गर्ने काम मोहसिस खान, दुसान्थ चमेरा, जेसन होल्डर र अभेष खानले गरेका थिए। अहिले त्यसै किसिमको बलिङमा धेरै सर्ट प्रहार गर्ने कोलकाता तेस्रो राम्रो टोली हो।

पुछारमा ब्याटिङ गर्ने रमनदिप सिंह समेत यस्तो बलमा एकदमै आक्रामक मानिन्छन्। सर्ट बलमा यस सिजन कोलकाताका ब्याट्सम्यानको प्रदर्शन यस्तो राम्रो रह्यो कि नारायणको औसत ५०, श्रेयास ऐयारको ५२, बैंकटेस ऐयारको ५० तथा रसेलको २९ छ। यसै कारण सो टोली राम्रो छ।

कोलकाताले पारीमा धेरै परिवर्तन नगरे पनि तेस्रो क्रममा अंगंऋष रघुवशी या बैकटेस, धेरै जसो चौथोमा श्रेयासलाई ब्याटिङ गराएको छ। पाँचौँमा कोलकाताले धेरै प्रयोग गरेको छ। बैकटेस, श्रेयास, रिंकु सिंहलाई बलर अनुसार प्रयोग गर्ने गरेको छ। रमन दीप र रसेलले त्यसपछि क्रिज सम्हाल्ने गरेका छन्। यो समूहमा धेरै विशेषता भएका कारण विपक्षीको बलिङ शैली अनुसार तयार देखिन्छन्।

कोलकाताको ब्याटिङको चर्चा भइरहेका समयमा यो टोलीको बलिङ पनि कमजोर भने होइन। तेस्रो राम्रो इकोनोमी रेट भएको टोली कोलकाता हो। राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भने बलिङमा कोलकाता भन्दा राम्रा देखिए। तथ्याकंमा यस्तो देखिए पनि कोलकाताले धेरै ब्याट्सम्यानलाई फाइदा हुने मैदानमा खेलेका छ।

सो टोलीका ६ बलरले कम्तीमा १० विकेट लिएका छन्। यी छ जनाको निश्चित जिम्मेवारी छ। मिचेल स्टार्क र वैभव आरोहाले सुरुवातमा बल स्वीङ गराउँछन्। हर्षित राना र रसेलले डेथमा केही नयाँ पन दिन्छन्। यसमा स्टार्क पनि थपिन्छन्। नारायण र वरुण चक्रवतीले मध्य क्रम सम्हाल्ने छन्। स्टार्कको हकमा कथा फरक छ। यो आईपिएलका सबै भन्दा महँगा खेलाडी उनी सुरुवातदेखि नै असफल थिए। तर हैदरवादसँगको पहिलो क्वालिफायरमा उनी जमे।

महत्त्वपूर्ण खेलमा उत्कृष्ट हुने उनको पुरानो शैलीले विश्वकपको याद दिलाएको छ। जहाँ, उनी सुरुवातमा सुस्त भए पनि सेमिफाइनल र फाइनलमा छाएका थिए।

यो आईपिएलमा हैदरावादका लागि जित जत्ति महत्त्वपूर्ण हो प्याट कुमिन्सका लागि त्यो भन्दा बढी हो। अहिले उनी संसारको टेस्ट च्याम्पियन टोलीका पनि कप्तान हुन्। यसैगरी एक दिवसीय टोलीको नि कप्तान हुन्। तर उनले नेतृत्व गरेको टोलीले टी–२० उपाधि जितेका छैन।

सनराइजर्स २०२१ मा पुछारमा थियो। सन् २०२२ मा आठौँ भएको सो टोली सन् २०२३ मा फेरि पुछारमा नै पुगेको हो।

प्याट कुमिन्सको नेतृत्वमा सनराइजर्सले आफूलाई धेरै परिवर्तन गरेको छ। ट्रेभिस हेड र अभिशेष शर्माले यो सिजनको आईपिएलमा दिशा नै फेरेका छन् । मध्य क्रममा हेन्रीक क्लासेन अर्का आकर्षण भएका छन्।

प्याट कुमिन्सको नेतृत्वमा सनराइजर्सले आफूलाई धेरै परिवर्तन गरेको छ। ट्रेभिस हेड र अभिशेष शर्माले यो सिजनको आईपिएलमा दिशा नै फेरेका छन् ।

डायिनल भिटोरीको प्रशिक्षणमा टोली धेरै आक्रामक भएको छ। टोलीमा केही परिवर्तन भएको छ। अलराउण्डरको रूपमा वासिङ्टन सुन्दरलाई पछि पार्दै २० वर्षीय नितिस कुमार रेड्डी पहिलो रोजाइका बनेका छन्। स्पिन बललाई प्रहार गर्ने उनी, सिम बलिङ गर्छन् फिल्डमा एकदमै चुस्त छन्।

भुवनेश्वर कुमार, टि नटराजन र जयदेव उन्नानकदको अनुभव माथि टोलीको विश्वास छ। युवा खेलाडीले खेल जिताउन धेरै सहयोग गरेका छन्। यसरी साथ दिने खेलाडीमा अभिशेष कुमार र रेड्डी नै छन्।

 

यस सिजनमा विगतमा दुई खेल भएका छन्। पहिलो खेलमा रसेलको उत्कृष्ट ब्याटिङको कारण कोलकाताले २०८ रन जोडेको थियो। प्रतिउत्तरमा हैदरावादले क्लासेनको शानदार प्रदर्शन सहित २०४ रन बनाएको थियो। दोस्रो भेटमा स्टार्कले दोस्रो बलमा हेडलाई आउट गरे पछि हैदरावाद कमजोर भएको थियो।

यसको एक सातापछि कुमिन्स र स्टार्क फेरि एकै टोलीमा रहेर विश्वकप खेल्ने छन्। तर आइतबार चेन्नाईमा सफल कप्तानको रूपमा कुमिन्सले थप एक पाइला अघि बढाउने छन् या खराब सुरुवात गरेर प्रतियोगितामा उत्कृष्ट अन्त्य गर्ने स्टार्कको आदतले निरन्तरता पाउँछ यसै भन्न सकिन्न।


स्रोतः क्रिकइन्फो

 

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ८ : ३० बजे

कोशीमा चट्याङबाट दुई सय ५४ को मृत्यु

झापा– कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय

सेनाको रिपुमर्दिनी पनि रित्तियो, उपत्यकाका सबैजसो पम्पले दिन छाडे इन्धन

काठमाडौं- काठमाडौं उपत्यकामा पेट्रोल र डिजलको अभाव देखिएको छ ।

पार्टीभित्र विवाद छैन, विचार मिल्नेसँग एक भएर अघि बढ्न तयार छौँ : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र विचारको

अमेरिकी पत्रकार गेर्शकोभिचविरूद्ध जुन २६ मा सुनुवाइ हुने

काठमाडौं– अमेरिकी पत्रकार इभान गेर्शकोभिचविरूद्ध रूसमा जासुसीको आरोपमा जुन २६

यस्तो देखियो कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त (तस्बिरहरू)

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण