बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि « Khabarhub

बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको खोप केन्द्रबाट आफ्ना बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाउन आग्रह गरेको छ।

मन्त्रालयले आजदेखि जेठ २६ गतेसम्म दुई साता चल्ने अभियानका क्रममा पहिला छुटेका बालबालिकालाई नछुटाउन अपिल गरेको छ ।

विश्वव्यापी रूपमा अभाव भएका कारण २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप लगाउन पाएका थिएनन् । त्यस बेला खोप नपाएका बालबालिकामा भोलिका दिनमा पनि पोलियो रोगको जोखिम हुनसक्ने भएकाले त्यस्तो जोखिमलाई ध्यानमा राखेर अभियान चलाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले २०७३ देखि २०७५ असोजसम्म बीचमा छुटेकाबाहेक अरू जसले आईपीभी खोप लिइसकेका छन् उनीहरूले अहिले यो खोप लगाउनुपर्दैन ।

अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ । यो अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

सरकारले २०७१ सालदेखि पोलियोविरुद्ध सुईबाट खोप दिन थालेको हो। यसअघि सुईका साथै मुखबाट पनि थोपाजन्य खोप दिइँदै आएको थियो। पोलियोबाट बच्न यी दुवैखाले खोप लगाउनुपर्ने मन्त्रालयको भनाइ छ ।

नेपालमा सन् २०१० मा अन्तिम पटक महोत्तरीमा पोलियो देखिएको थियो। त्यसपछि नदेखिए पनि नेपालका छिमेकी राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र विश्वका अन्य मुलुकमा अहिले पनि पोलियो संक्रमण देखा परेकाले नेपालसमेत जोखिममा रहेको र विश्वभरिबाट उन्मूलन हुन नसकेकाले पोलियो खोप नियमित रूपमा बालबालिकालाई दिइँदै आएको हो ।

 

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ९ : ५८ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा