भारतको गुजरातस्थित मनोरञ्जन पार्कमा आगलागी, २७ जनाको मृत्यु « Khabarhub

भारतको गुजरातस्थित मनोरञ्जन पार्कमा आगलागी, २७ जनाको मृत्यु


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पश्चिमी राज्य गुजरातस्थित एक मनोरञ्जन पार्कमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । आगलागीमा परी थुप्रै घाइते भएका छन् ।

राजकोटका प्रहरी आयुक्त राजु भार्गवका अनुसार गुजरातको राजकोट मावारोडस्थित मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी अहिलेसम्म २७ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामा केही बालबालिका पनि रहेको बताइएको छ । मृत्यु भएकाको शव परीक्षणका लागि अस्पतालमा पठाइएको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ।’

मनोरञ्जन स्थलमा युवायुवतीको ठूलो भीड लागेको बेलामा आगलागी हुँदा कोलाहल मच्चिएको थियो । गेम जोनमा वैकल्पिक ढोका नहुँदा थुप्रै मानिस भवनको भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

आगलागिको धुवाँ पाँच किलोमिटर टाढासम्म फैलिएको थियो । आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन।

 

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १० : १८ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक