काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँबानेश्वरमा सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नाराबाजीमा उत्रिएको छ ।
कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै सहकारी ठगलाई कारबाही गरसहितका नाराबाजी गरेका छन् ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८१ साल जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि सभामुखले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया