यातायात मन्त्री भन्छन्- बालेनका कुरा सुन्छु तर न्युरोडको तोडफोड कानूनसम्मत छैन     « Khabarhub

यातायात मन्त्री भन्छन्- बालेनका कुरा सुन्छु तर न्युरोडको तोडफोड कानूनसम्मत छैन    


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चालेको कदमप्रति कुनै गुनासो नभएको बताएका छन् ।

काठमाडौंकाे सडकलाई लिएर संघीय सरकारसँग असन्तुष्टि जनाउँदै मेयर शाहले राजधानीस्थित सडक विभाग अगाडि धुलोसहितको फोहोर थुपारी दिएकाे सन्दर्भमा मन्त्री महासेठले यसो भनेका हुन् ।

उनले आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै
न्युरोडमा काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउने नाममा गरेको तोडफोड कानूनसम्मत नभएको बताए ।

कलंकी-महाराजगञ्ज सडक विस्तारको विषयलाई मेयर साहले उठाएको कुरालाई  आफूले सल्लाहका रूपमा लिएको पनि मन्त्री महासेठले बताए ।

कलंकी–महाराजगन्ज सडक विस्तार नभएको भन्दै काठमाडौँ महानगरपालिकाका कर्मचारीले शनिबार सडक डिभिजनको गेटअगाडि एक ट्रक धुलो उपहार भन्दै पोखिदिएका थिए ।

यसबारे महासेठले आइतबार भने, ‘अहिले हामी सरसल्लाह गर्दै छौँ । मलाई लाग्छ, कलंकी-महाराजगन्जको मुद्दा जसरी अगाडि ल्याउनुभएको छ, त्यसलाई सल्लाहका रूपमा लिएको छु । शनिबार दिउँसो मेयर शाहले सार्वजनिक गरेको भनाइप्रति आपत्ति छैन । तर न्युरोडमा भइरहेको क्रियाकलापलाई कानूनसम्मत मान्न सकिन्न ।’

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  २ : १९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७