महिलाहरूको क्षमता कमजोर बनाउने चक्र तोड्न राजनीतिमा आएँ : उपप्रमुख डंगोल « Khabarhub

महिलाहरूको क्षमता कमजोर बनाउने चक्र तोड्न राजनीतिमा आएँ : उपप्रमुख डंगोल


१३ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाहरूको आत्मविश्वास, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।

वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा बोल्दै उनले, महिलाहरूलाई प्रतिकुल अवस्थाबाट माथि उकास्न निरन्तर प्रयास गरिरहेको बताइन् ।

त्यस क्रममा उनले सामाजिक मान्यताका आयामहरूमा चर्चा गर्दै, नेपाली राजनीतिमा महिलाहरूको सहभागिता बढ्दै गएको बताइन्  । यसबाट महिलाको अवस्थालाई सामाजिक तथा प्राकृतिक न्याय अनुकूल निर्माण गर्नमा योगदान पुग्नेछ उनको भनाइ छ ।

सूचना र प्रविधिले रूपान्तरित हुँदै गरेको विश्व परिवेशमा लैङ्गिक समानता र समावेशीकरणका लागि रणनीतिक राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्जाल निर्माण हुनेछ । यसबाट आफ्नो परिवेशलाई विश्वका अन्य परिवेशसँग तुलना गर्न र सुधारका काम गर्न सहज हुने उनकाे भनाइ छ ।

शनिवार उपप्रमुख डंगोलले, अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गरेकी छन् ।

व्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएकी हुन् । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु भएको फेस्टिभल आज सकिदैछ ।

स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरूका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक वर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लन्डनको साउथ बैंकबाट सुरु भएको हो ।

यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रूपमा सहभागी भइसकेका छन् । लैङ्गिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरूको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो ।

हाल सम्म विश्वका ६ महादेशहरूको ४५ भन्दा बढी स्थानहरूमा ५० लाख भन्दा बढी व्यक्तिहरूले सहभागिता जनाइसकेका छन् ।

उपप्रमुख नेतृत्वको भ्रमण टोली यसपछि स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसिएसनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछिन् ।

यस्तै लण्डनस्थित बेलायतका लागि नेपालको राजदूतावासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछ । भ्रमण अवधिमा टोली, अक्सफोर्ड विश्वविद्यालय, वल्र्ड नेवा अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर ज्येष्ठ २० गते स्वदेश फर्कनेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  २ : २७ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा