अमेरिका र दक्षिण कोरियाले निगरानी बढाएको उत्तर कोरियाको आरोप | Khabarhub Khabarhub

अमेरिका र दक्षिण कोरियाले निगरानी बढाएको उत्तर कोरियाको आरोप


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले अन्तर-कोरियाली सीमामा निगरानी गतिविधि बढाएको आरोप लगाएको छ ।

यससँगै उत्तर कोरियाले देशको सार्वभौमसत्ता र सुरक्षाको उल्लङ्घन भएको खण्डमा पक्कै पनि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाका रक्षामन्त्री किम ग्याङ इलले अमेरिका र दक्षिण कोरियाको कठपुतली वायु सेनाले दिनभर निकै छोटो अन्तरालमा हवाई जासुसी गतिविधि गरिरहेको बताए ।

किमले देशको सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पर्दा तत्काल कारबाही गर्ने बताए । उनीहरूले दक्षिण कोरियाको नौसेना र तट रक्षकलाई समुद्री सीमा उल्लंघन गरेको र सैन्य तनाव बढाएको आरोप पनि लगाएका छन् ।

उत्तर कोरियाले मे १३ देखि २४ को बीचमा, अमेरिकाले कोरियाली प्रायद्वीपमा १६ आरसी-१३५ र यू-२५ जासुस विमानहरू र आरक्यु-४बी ड्रोनहरू उडाएको दाबी गरेको छ ।

यससँगै उनले दक्षिण कोरियाबाट बेलुनमा पठाइएका पर्चालाई खतरनाक र उत्तेजक कार्य भएको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  २ : ४० बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग