गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले बोल्ने बेला आयो : महामन्त्री थापा « Khabarhub

गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले बोल्ने बेला आयो : महामन्त्री थापा


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले बोल्ने बोला आएको दाबी गरेका छन् ।

थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सोरिहिया पक्राउ गरिएको घटनाप्रति पनि आक्रोश व्यक्त गरे ।

कांग्रेस निकट पत्रकारको संगठन प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कुनै पनि व्यक्तिको व्यावसायिक र निजी जीवनको जबाफदेही निज आफैँ हुनुपर्ने बताए ।

उनले भने, ‘हामी गृहमन्त्रीमाथि अनुसन्धान गर भनिरहेका छौँ । मेराबारेमा प्रत्येक विषय अनुसन्धान होस् भनिरहेको छु । कुनै एउटा मिडियाकर्मीमाथि अनुसन्धान नै गर्नुहुँदैन भन्ने होइन, तर म सञ्चारमाध्यमका साथीलाई आग्रह गर्न चाहन्छु, अहिले जुन प्रवृत्ति देखिरहेको छु, त्यो चिन्ताजनक छ । हामीले पूर्व राजा ज्ञानेन्द्रको छोटो शासनमा भोग्यौँ । सञ्चारमाध्यममा प्रकाशित ‘कन्टेन्ट’माथि, विषयवस्तुमाथि नियन्त्रण गर्ने प्रयास त्यो बेलामा पनि यत्ति भएको थिएन ।’

उनले अगाडि भने, ‘म आम नेपाली नागरिकलाई भन्न चाहन्छु । प्रकारान्तरले तपाईँसँग जोडिएको छ कांग्रेसले लिएको पोजिसन । एउटा निहत्था नागरिकले पनि माइतीघरमा उभिएर प्रश्न गर्न पाउनुपर्छ । नडराई कन प्रश्न गर्न पाउनुपर्छ । सत्ताले कसैको मुख थुन्दै गर्दा त्यसको रंग मन पर्दैनथ्यो भन्ने ठाउँबाट गयौँ भने भोलि तपाईँको प्रश्न सोध्ने अधिकारलाई पनि कुण्ठित गर्ने ठाउँमा आइपुग्छ ।’

वर्तमान सरकार गठजोड सत्ताको निरंकुशताउन्मुख रवैया  भएको बताए । उनले यसबारे सबैले बोल्ने बेला आएको बताए ।

उनले भने, ‘उहाँहरूलाई ठिक ठाउँमा उभ्याउने बेला आयो । हामी आज यसको विरोधमा सडकमा प्रदर्शन गर्न निस्किएका छौँ । यो कुनै व्यक्तिसँग जोडिएको विषय होइन । प्रेससँग जोडिएका साथीहरूले यसको गहिराइलाई बुझ्नुपर्छ ।’

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  २ : ४२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।