गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले बोल्ने बेला आयो : महामन्त्री थापा | Khabarhub Khabarhub

गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले बोल्ने बेला आयो : महामन्त्री थापा


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले बोल्ने बोला आएको दाबी गरेका छन् ।

थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सोरिहिया पक्राउ गरिएको घटनाप्रति पनि आक्रोश व्यक्त गरे ।

कांग्रेस निकट पत्रकारको संगठन प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कुनै पनि व्यक्तिको व्यावसायिक र निजी जीवनको जबाफदेही निज आफैँ हुनुपर्ने बताए ।

उनले भने, ‘हामी गृहमन्त्रीमाथि अनुसन्धान गर भनिरहेका छौँ । मेराबारेमा प्रत्येक विषय अनुसन्धान होस् भनिरहेको छु । कुनै एउटा मिडियाकर्मीमाथि अनुसन्धान नै गर्नुहुँदैन भन्ने होइन, तर म सञ्चारमाध्यमका साथीलाई आग्रह गर्न चाहन्छु, अहिले जुन प्रवृत्ति देखिरहेको छु, त्यो चिन्ताजनक छ । हामीले पूर्व राजा ज्ञानेन्द्रको छोटो शासनमा भोग्यौँ । सञ्चारमाध्यममा प्रकाशित ‘कन्टेन्ट’माथि, विषयवस्तुमाथि नियन्त्रण गर्ने प्रयास त्यो बेलामा पनि यत्ति भएको थिएन ।’

उनले अगाडि भने, ‘म आम नेपाली नागरिकलाई भन्न चाहन्छु । प्रकारान्तरले तपाईँसँग जोडिएको छ कांग्रेसले लिएको पोजिसन । एउटा निहत्था नागरिकले पनि माइतीघरमा उभिएर प्रश्न गर्न पाउनुपर्छ । नडराई कन प्रश्न गर्न पाउनुपर्छ । सत्ताले कसैको मुख थुन्दै गर्दा त्यसको रंग मन पर्दैनथ्यो भन्ने ठाउँबाट गयौँ भने भोलि तपाईँको प्रश्न सोध्ने अधिकारलाई पनि कुण्ठित गर्ने ठाउँमा आइपुग्छ ।’

वर्तमान सरकार गठजोड सत्ताको निरंकुशताउन्मुख रवैया  भएको बताए । उनले यसबारे सबैले बोल्ने बेला आएको बताए ।

उनले भने, ‘उहाँहरूलाई ठिक ठाउँमा उभ्याउने बेला आयो । हामी आज यसको विरोधमा सडकमा प्रदर्शन गर्न निस्किएका छौँ । यो कुनै व्यक्तिसँग जोडिएको विषय होइन । प्रेससँग जोडिएका साथीहरूले यसको गहिराइलाई बुझ्नुपर्छ ।’

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  २ : ४२ बजे

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता

काठमाडौं– आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित

बर्लिनको पर्खाल अवलोकन गर्न पुगे राष्ट्रपति पौडेल (तस्बिरहरू)

बर्लिन, (जर्मनी) – मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार

श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं– श्रीलंकाले सोमबार पहिलो त्रैमासिकमा  कमजोर विदेशी मुद्रा संकटबाट सुधार

जरायोटार-सिक्रेटार सडक स्तरोन्नति गरिँदै

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको

चीनको आरोप : जी-७ को वक्तव्य अहंकार, पूर्वाग्रह र झूट

काठमाडौं– आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७)का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई