१० वर्षमा वैदेशिक रोजगारीमा जाने १० हजार बढीले गुमाए ज्यान « Khabarhub

१० वर्षमा वैदेशिक रोजगारीमा जाने १० हजार बढीले गुमाए ज्यान


१३ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने १० हजार बढी नेपालीले ज्यान गुमाएका छन् ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार पछिल्लो १० वर्षको अवधिमा १० हजार २३० जना नेपालीले ज्यान गुमाएका हुन् ।

सर्वेक्षणअनुसार आर्थिक वर्ष ०७१/७२ देखि चालु आर्थिक वर्षको फागुन महिनासम्म माथि उल्लेखित संख्याका नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका हुन् । सर्वेक्षणअनुसार सो अवधिमा ९९६५ जना पुरुष र २६५ जना महिलाले ज्यान गुमाएका छन् ।

साथै सरकारले १० वर्षमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई ४ अर्ब ७० करोड ६६ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ४ : ०७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया