नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य लिएको छ : प्रधानमन्त्री « Khabarhub

नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य लिएको छ : प्रधानमन्त्री


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रूपान्तरणका लागि सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनमार्फत प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूबाट पेश भएका संशोधन प्रस्तावका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै प्रतिनिधिसभाको आजको बैठकमा उनले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावमार्फत सांसदहरूबाट प्राप्त रचनात्मक सुझाव तथा पृष्ठपोषणका लागि धन्यवाद व्यक्त गरे ।

‘सांसद चित्रबहादुर केसीले प्रस्तावित नीति तथा कार्यक्रममाथि १६ बुँदामा संशोधन प्रस्ताव पेश गर्नुभएको छ, तीमध्ये कतिपय प्रस्ताव भाषिक परिमार्जन गरिनुपर्ने र केही थप संशोधन गर्नुपर्ने प्रकृतिका रहेका छन्’, प्रधानमन्त्री दाहालले भने,’सांसदहरूले प्रस्तुत संशोधनमार्फत कृषि, भूमिसुधार, उद्योग, महिला, हिंसा, स्वास्थ्य, शिक्षा, श्रम, राष्ट्रियता तथा परराष्ट्र नीतिलगायतका क्षेत्रमा राख्नुभएका सुझावहरू महत्त्वपूर्ण र मननयोग्य छन् ।’

सरकारले आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा रोजगारी सिर्जना गर्दै सूचना प्रविधि क्षेत्रलाई उत्पादन तथा उत्पादकत्व वृद्धिको मुख्य संवाहकका रूपमा विकास गर्न जोड दिएको उनको भनाइ छ । साथै सामाजिक रूपमा उपेक्षित उत्पीडित वर्गको न्यायमा पहुँचका लागि कतिपय विशिष्ट कार्यक्रम प्रस्ताव गरिएका पनि उनले जानकारी दिए ।

यसअघि सांसद प्रेम सुवालले प्रस्तावित नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा ४८ बुँदामा संशोधन प्रस्ताव राखेका थिए ।

प्रस्तुत संशोधनमा आर्थिक समानता, सामाजिक न्याय, विकास निर्माण, राष्ट्रियता, परराष्ट्र नीति, शिक्षा स्वास्थ्य, लगानी प्रवर्द्धन लगायतका सुझावहरूलाई गम्भीरतापूर्वक लिइने प्रधानमन्त्री दाहालले बताए ।

‘सम्मानित संसद्बाट ख्वप कलेजको विधेयकलाई तत्काल पारित गर्न सरकारको जोड रहने छ, संशोधनका केही विषयहरू संविधान तथा कानुनको संशोधन एवम् परिमार्जन गर्नुपर्ने प्रकृतिको रहेकाले ती सन्दर्भमा संसदमा आवश्यक छलफल हुने नै छ’ उनले भने ।

प्रस्तावित नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनमा सामान्य भाषिक परिमार्जनबाहेक उल्लेखित थप विषयहरू यही जेठ १५ गते नेपाल सरकारबाट संसद्मा प्रस्तुत गरिने वार्षिक बजेट वक्तव्यमा समेट्ने प्रधानमन्त्री दाहालले विश्वास दिलाए ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ४ : १० बजे

ओलीलाई स्थानहद गरिएकोबारे एमाले नेताहरूले प्रधानमन्त्रीसँग उठाए प्रश्न

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबीच पहिलो

अर्थसंक्षेप : एक सय दरको नयाँ नोट बजारमा, साताको अन्तिम दिन १० अंकले बढ्यो नेप्से र वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड राजस्व संकलन

‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण’ नेपाल उद्योग

इन्टरपोलको अध्यक्षमा फ्रान्सेली प्रहरी नियन्त्रक नियुक्त

एजेन्सी– फ्रान्सेली प्रहरी नियन्त्रक लुकास फिलिप बिहीबार इन्टरपोलको प्रमुखमा नियुक्त

सचिवालयबाट निकालिएका तीनैजनाले एकसाथ भने- प्रधानमन्त्री बिचौलियाको चंगुलमा परिसक्नु भयो

काठमाडौं- एक दिनअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट हटाइएका तीनजना

तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख