पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ « Khabarhub

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ


१३ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पौने चार करोड रुपैयाँ बराबरको लागूऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन्।

कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले १ किलो १०१ ग्राम लागूऔषध कोकिनसहित ठमेलबाट शुक्रबार पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी लागूऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी सदस्य हुन् ।

दुबईबाट काठमाडौं आएकी उनलाई काठमाडौं ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए ।

शंका लागेपछि प्रहरी महिलालाई विमानस्थलबाट पछ्याउँदै ठमेल पुगेको थियो। तलासी लिँदा उनको ह्याण्ड ब्यागभित्र प्लास्टिकको झोलामा र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएको कार्कीले बताए।

बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८५ लाख रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही थालिएको छ।

यो कारोबारमा संलग्न अन्य अन्तर्राष्ट्रिय गिरोहहरूको खोजी भइरहेको ब्युरोले जनाएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ५ : ३१ बजे

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास