अर्थ मन्त्रालयद्वारा सार्वजनिक संस्थानको दुई वर्ष पुरानो बासी तथ्यांक सार्वजनिक « Khabarhub

अर्थ मन्त्रालयद्वारा सार्वजनिक संस्थानको दुई वर्ष पुरानो बासी तथ्यांक सार्वजनिक


१३ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूको दुई वर्ष पहिले अवधिसम्म अद्यावधिक भएको तथ्यांक सार्वजनिक गरेको छ ।

आइतबार ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ भन्दै मन्त्रालयले दुई वर्ष पुरानो तथ्यांक सार्वजनिक गरेको छ ।

मन्त्रालयले सरकारको ऋण तथा शेयर लगानी भएका दर्जनौँ औद्योगिक, व्यापारिक सेवा क्षेत्र, सेवा क्षेत्र, सामाजिक क्षेत्र, जन उपयोगी क्षेत्र, वित्तीय क्षेत्र र विकास समितिको अवस्था सार्वजनिक गरेको छ । जुन तथ्यांकमा आजभन्दा झन्डै दुई वर्ष अगाडि अद्यावधिक भएको विवरण मात्रै उपलब्ध छ ।

सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ सम्म २५ वटा सार्वजनिक संस्थान नाफामा रहेका छन् भने १७ वटा संस्थान घाटामा रहेका छन् ।

नाफामा रहेका २५ वटा संस्थानहरूको सोही आर्थिक वर्षसम्मको नाफा ४३ अर्ब २ करोड ५३ लाख रहेको छ भने घाटामा रहेका संस्थानहरूको सोही आर्थिक वर्षसम्मको खुद घाटा ४१ अर्ब ४८ करोड ३२ लाख रहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ५ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया