रौतहटमा नेपाल प्रहरी श्रीमती संघद्वारा छात्रवृत्ति वितरण « Khabarhub

रौतहटमा नेपाल प्रहरी श्रीमती संघद्वारा छात्रवृत्ति वितरण


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल प्रहरी श्रीमती संघले रौतहटको गरुडास्थित प्रहरी विद्यालयमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरेको छ ।

‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ नेपाल प्रहरी श्रीमती संघले प्रहरी विद्यालय जिंगडियामा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरिएको हो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले संघ स्थापनाकालदेखि नै सेवा मन्त्रलाई आत्मसाथ गर्दै सेवामूलक कार्यहरू गर्दै आइरहेको बताएकी छिन् ।

विपद् व्यवस्थापनको क्षेत्र अथवा जुन अवस्थामा पनि संघले सधैँ सकारात्मक कार्यहरू गर्दै आएको उनले बताइन् ।

उनले प्रहरी विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राहरूलाई संघले विशेष प्राथमिकतामा राखेर ३० जनालाई छात्रवृत्ति प्रदान गरेकी थिइन् ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष कुँवरले प्रहरी विद्यालयको लाइब्रेरीका लागि पाठ्यपुस्तक तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख तथा डिआइजी यज्ञ विनोद पोखरेलले रौतहटमा २२ वर्षअघि स्थापना भएको प्रहरी विद्यालय जिल्लामा उत्कृष्ट विद्यालयको रूपमा स्थापित हुन सफल भएको बताएका थिए ।

शिक्षाको ज्योति नेपाल प्रहरीका सन्तानलाई मात्र नभई सर्वसाधारण सबै नेपालीका छोराछोरीले पाइरहेकोमा आफू गौरवान्वित भएको डिआइजी पोखरेलको भनाइ थियो ।

उक्त अवसरमा रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, डिएसपीद्वय ओमप्रकाश खनाल र गौरव महत, विद्यालयका समादेशक इन्स्पेक्टर पप्पु नायक, नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय सचिव, सहसचिव, मधेश प्रदेश अध्यक्ष लगायतका नेपाल प्रहरीका अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ६ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार