जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी « Khabarhub

जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी


१३ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बेलायत –इङ्ग्ल्यान्डका कप्तान जोस बटलर आफ्नो देशबाट टी–२० मा तीन हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

उक्त कीर्तिमान बटलरले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० खेलमा बनाएका हुन् । त्यस खेलमा उनले १६४.७ स्ट्राइक रेटका साथ ५१ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै ८४ रन बनाए ।

एक सय १५ टी–२० मा उनले ३५।४२ को औसत र १४५.१० को स्ट्राइक रेटका साथ खल्दै तीन हजार ११ रन बनाए । उनले १०१ को उत्कृष्ट स्कोरका साथ एक शतक र २४ अर्धशतक बनाएका छन् । उनी टी–२० मा क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने नवौँ खेलाडी हुन् ।

इङ्ग्लिस रन स्कोरिङ तालिकामा उनीपछि पूर्वकप्तान इयोन मोर्गन छन् । उनले ११५ खेल र १०७ इनिङ्समा २८.५८ को औसत र १३६ भन्दा बढीको स्ट्राइक रेटका साथ ९१ रनको उच्च स्कोरसहित १४ अर्धशतकको मद्दतमा दुई हजार ४५८ रन बनाएका छन् ।

टी–२० मा क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भारतका स्टार ब्याट्सम्यान विराट कोहली छन् । उनले ११७ खेलमा ५१.७५ को औसत र १३८.१५ को स्ट्राइक रेटमा एक शतक र ३७ अर्धशतक सहित चार हजार ३७ रन बनाएका छन् । कोहलीको उत्कृष्ट स्कोर १२२ रहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ७ : ३८ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव