जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी | Khabarhub Khabarhub

जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बेलायत –इङ्ग्ल्यान्डका कप्तान जोस बटलर आफ्नो देशबाट टी–२० मा तीन हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

उक्त कीर्तिमान बटलरले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० खेलमा बनाएका हुन् । त्यस खेलमा उनले १६४.७ स्ट्राइक रेटका साथ ५१ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै ८४ रन बनाए ।

एक सय १५ टी–२० मा उनले ३५।४२ को औसत र १४५.१० को स्ट्राइक रेटका साथ खल्दै तीन हजार ११ रन बनाए । उनले १०१ को उत्कृष्ट स्कोरका साथ एक शतक र २४ अर्धशतक बनाएका छन् । उनी टी–२० मा क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने नवौँ खेलाडी हुन् ।

इङ्ग्लिस रन स्कोरिङ तालिकामा उनीपछि पूर्वकप्तान इयोन मोर्गन छन् । उनले ११५ खेल र १०७ इनिङ्समा २८.५८ को औसत र १३६ भन्दा बढीको स्ट्राइक रेटका साथ ९१ रनको उच्च स्कोरसहित १४ अर्धशतकको मद्दतमा दुई हजार ४५८ रन बनाएका छन् ।

टी–२० मा क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भारतका स्टार ब्याट्सम्यान विराट कोहली छन् । उनले ११७ खेलमा ५१.७५ को औसत र १३८.१५ को स्ट्राइक रेटमा एक शतक र ३७ अर्धशतक सहित चार हजार ३७ रन बनाएका छन् । कोहलीको उत्कृष्ट स्कोर १२२ रहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ७ : ३८ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड