इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार « Khabarhub

इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार


१३ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । हमासले इजरायलको तेल अवीवमा रकेट प्रहार गरेको जनाएको छ । विगत चार महिनामा हमासले इजरायलको एक भाग तेल अवीवमा रकेट प्रहार गरेको यो पहिलो पटक हो ।

इजरायली सेनाले गाजाको रफाहबाट ८ वटा रकेट प्रहार गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएको छ । इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ। इजरायलका प्रधानमन्त्री नेतन्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन् ।

हमासको सैन्य शाखा, इज्जेदिन अल–कसाम ब्रिगेड्सले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा इजरायलमा ठूला मिसाइलहरू आक्रमण गरेको बताएको छ ।

यसैबीच अमेरिकालगायत धेरै मानवीय संस्थाले रफाहमा भइरहेको सैन्य कारबाहीका कारण प्यालेस्टाइनीको ज्यान जोखिममा रहेको बताएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । हमासको आक्रमणमा १२०० जनाको मृत्यु भएको थियो । हमासका लडाकुहरूले पनि २५२ जनालाई बन्धक बनाएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ८ : ०७ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई