बङ्गलादेशको खाडीबाट शक्तिशाली आँधी आउँदै « Khabarhub

बङ्गलादेशको खाडीबाट शक्तिशाली आँधी आउँदै


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – बङ्गलादेशले बङ्गालको खाडीमा बनेको शक्तिशाली आँधी आउन लागेपछि आइतबार जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।

आँधीले आइतबार मध्यराततिर बङ्गलादेश र भारतको पश्चिम बङ्गालका तटहरूलाई पार गर्ने अनुमान गरिएको छ । भारतको मौसम विज्ञान विभागले आइतबार राति पश्चिम बङ्गालको सागर टापु र बङ्गलादेशको खेपुपारा क्षेत्रमा एक सय २० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा आँधी चल्ने अनुमान गरेको छ ।

बङ्गलादेशका प्रकोप व्यवस्थापन तथा राहतका लागि कनिष्ठमन्त्री मोहिबुर रहमानले मुलुकको तटीय क्षेत्रमा चार हजार आँधी आश्रयबाट मानिसहरूलाई निकाल्न स्वयंसेवकहरूलाई खटाइएको बताए। सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय पनि बन्द गरेको छ ।

भारतको कोलकाता विमानस्थल आइतबार रातिदेखि २१ घन्टाका लागि बन्द रहनेछ । बङ्गलादेशले दक्षिणपूर्वी सहर चट्टोग्राममा विमानस्थल बन्द गरेको छ भने कक्स बजारबाट आवागमन हुने सबै आन्तरिक उडान रद्द गरेको छ ।

बङ्गलादेशी अधिकारीहरूले मुलुकको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँमा लोडिङ र अनलोडिङलाई पनि निलम्बित गरेका छन् भने सावधानीका रूपमा एक दर्जनभन्दा बढी जहाजहरूलाई घाटहरूबाट गहिरो समुद्रमा लैजान सुरु गरेका छन् ।

जुनदेखि सेप्टेम्बरसम्म चल्ने यस वर्षको मनसुन सिजनअघि बङ्गालको खाडीमा यो पहिलो आँधी हो । भारतको पश्चिम बङ्गाल राज्यका तटीय जिल्लाहरूमा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ । करिब एक मिटर अग्लो आँधीका कारण तटीय पश्चिम बङ्गाल र बङ्गलादेशका तल्ला क्षेत्रहरूमा बाढी आउने अनुमान गरिएको छ ।

यस्तो आँधीले रुखहरू उखेल्न सक्ने र फुसका घर तथा बिजुली र सञ्चार लाइनहरूलाई ठूलो क्षति पुर्याउन सक्ने विज्ञप्तिमा बताइएको छ । भारतका तटहरू प्राय आँधीहरूबाट प्रभावित हुन्छन् तर जलवायु ढाँचामा भएको परिवर्तनका कारण आँधी थप तीव्र भएको छ । यसबाट प्राकृतिक प्रकोपहरूका लागि तयारी अत्यावश्यक भएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ८ : १८ बजे

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी