युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा « Khabarhub

युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले हराउँदै अस्ट्रिया समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

अष्ट्रियाका लागि रोमानो स्मिड र मार्सेल साबिट्जरले एक–एक गोल गरेका थिए । एक गोल भने नेदरल्याण्ड्सबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

यस्तै, नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र मेम्फिस डिपायले एक–एक गोल गरेका थिए ।

खेलको छैटौँ मिनेटमा नेदरल्याण्ड्सका डोनयेल मालेनले गरेको आत्मघाती गोलसँगै अष्ट्रियाले सुरुवाती अग्रता लिएको थियो । तर ४७औँ मिनेटमा गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ५९औँ मिनेटमा स्मिडले गोल गर्दै अष्ट्रियालाई २–१ गोलले अघि बढाए । तर ७५औँ मिनेटमा नेदरल्याण्ड्सका डिपायले गोल गरेपछि खेल २–२ गोलको स्थितिमा पुग्यो ।
त्यसपछि ८०औँ मिनेटमा अष्ट्रियाका मार्सेलले गरेको गोलसँगै अष्ट्रिय ३–२ गोलले विजयी भयो ।

यो जितसँगै अष्ट्रिया ३ खेलबाट ६ अंकका साथ शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । यस्तै दोस्रो स्थानको फ्रान्सको ५ अंक छ भने नेदरल्याण्ड्सको ४ अंक छ । जितविहीन पोल्यान्ड १ अंक जोड्दै बाहिरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : २९ बजे

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका