कोपा अमेरिका : क्यानडासँग पेरु पराजित « Khabarhub

कोपा अमेरिका : क्यानडासँग पेरु पराजित


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा क्यानडाले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा पेरुलाई १–० गोलले हराउँदै क्यानडा विजयी भएको हो ।

क्यानडाका लागि जोनाथन डेभिडले एक गोल गरेका थिए । उनले खेलको ७४औँ मिनेटमा गरेको गोल नै क्यानडाको जितका लागि निर्णायक बनेको थियो ।

खेलको ५९औँ मिनेटमा मिगुएल अराउजोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि पराजित भएको पेरु १० जनामा सिमित भएको थियो ।

यो जितसँगै क्यानडा ३ अंकसहित समूह ‘ए’को दोस्रो स्थानमा छ । पराजित भएको पेरु १ अंकसहित पुछारमा छ । यस्तै अर्जेन्टिना ४ अंक जोडेर शीर्षस्थानमा छ । २ अंक भएको चिली तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : ११ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले