कोपा अमेरिका : क्यानडासँग पेरु पराजित | Khabarhub Khabarhub

कोपा अमेरिका : क्यानडासँग पेरु पराजित


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा क्यानडाले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा पेरुलाई १–० गोलले हराउँदै क्यानडा विजयी भएको हो ।

क्यानडाका लागि जोनाथन डेभिडले एक गोल गरेका थिए । उनले खेलको ७४औँ मिनेटमा गरेको गोल नै क्यानडाको जितका लागि निर्णायक बनेको थियो ।

खेलको ५९औँ मिनेटमा मिगुएल अराउजोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि पराजित भएको पेरु १० जनामा सिमित भएको थियो ।

यो जितसँगै क्यानडा ३ अंकसहित समूह ‘ए’को दोस्रो स्थानमा छ । पराजित भएको पेरु १ अंकसहित पुछारमा छ । यस्तै अर्जेन्टिना ४ अंक जोडेर शीर्षस्थानमा छ । २ अंक भएको चिली तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : ११ बजे

भारतीय बजेटमा बिहारलाई प्राथमिकता- २४ सय मेगावाट बिजुली निकालिने, रेल र सडकमा ठूलो लगानी

नयाँदिल्ली- भारत सरकाले युनियन बजेटमार्फत बिहार राज्यलाई विशेष प्राथमिकता दिएको

सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु

गण्डकी– पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब

काकडभिट्टा नाकाबाट १५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

झापा– पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०–८१ मा १५ अर्ब ३३

सिमलताल दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी जारी

चितवन– भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको