बेनी–भकिम्ली सडक स्तरोन्नति | Khabarhub Khabarhub

बेनी–भकिम्ली सडक स्तरोन्नति


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो ।

गत जेठ २९ गते पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिए । यसको लागत सात करोड ७२ लाख रुपैयाँ रहेको छ ।

आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर सडक ढलान गरिने छ । सडक सात मिटर चौडा बनाइने छ ।

विसं २०६५ मा सडक निर्माण गरिएको हो । उक्त सडक हाल चार मिटर चौडा छ । गण्डकी प्रदेश सरकारद्वारा चालु आवमा दुई करोड बजेट विनियोजन गरिएको उक्त सडकलाई बहुवर्षीय ठेक्का लगाउन १० करोड बजेटको स्रोत सुनिश्चितता गरिएको सवइन्जिनियर चोखालले बताए ।

विसं २०७६ मा सुरु भएको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडक यस वर्ष निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : ३७ बजे

बङ्गलादेशमा कर्फ्यु खुकुलो बनाइँदै

ढाका – बङ्गलादेशमा निजामती सेवाको रोजगारी कोटालाई लिएर विद्यार्थीहरूको विरोध

सौर्यका पाइलटको अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री ओली

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका क्रममा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको

आजका समाचार : नेपाली आकाश झन असुरक्षित, भोलि आधा झण्डा झुकाइँदै र बाइडेनले राष्ट्रलाई सम्बोधन गर्ने 

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको

शहीद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं– गृहमन्त्री रमेश लेखकले शहीद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने

लोकतन्त्रको भावनाविपरीत सार्वजनिक निकायमा नियुक्ति नगर्न आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत