पहिरोमा पुरिएर कास्कीमा दुई बालकालिकाको मृत्यु « Khabarhub

पहिरोमा पुरिएर कास्कीमा दुई बालकालिकाको मृत्यु


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

कास्की– अविरल वर्षापछि आएको पहिरोमा परेर कास्कीमा दुई बालबालिकाको मृत्यु भएको छ । कास्कीमा छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको हो । घटनामा एकजना घाइते भएका छन् ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना भएका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

यसैगरी गएराति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ ।

उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । पोखरामा रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : ३३ बजे

प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे- ‘धन्यवाद मोदीज्यू र भारतीय जनता’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने औपचारिक भारत भ्रमण पूरा

जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु

सिन्धुली – सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको

नेपाल–भारत ऊर्जा सहकार्य : अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण

काठमाडौँ – नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार

चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा