कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनलमा « Khabarhub

कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनलमा


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनाले समूह ‘ए’ मा लगातार दोस्रो जित निकालेको हो ।

चिलीविरुद्धको जितमा खेलको ८८औँ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि समूह ‘ए’ अर्जेन्टिनाको २ खेलबाट ६ अंक भएको छ भने क्यानडाको २ खेलबाट ३ तथा चिली र पेरुको १–१ अंक रहेको छ ।

अब अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा जुन ३० मा पेरुसँग खेल्ने छ भने चिलीले क्यानडाको सामना गर्नेछ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १० : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको