चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण « Khabarhub

चन्द्रमाबाट चट्टान लिएर चिनियाँ चाङ्गे–६ पृथ्वीमा अवतरण


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको मुन मिसन चन्द्रमाको सतहबाट माटोसहितको चट्टान लिएर पृथ्वीमा अवतरण गरेकाे छ । योसँगै चीन चन्द्रमाको अँध्यारो दिशाबाट नमूना ल्याउने पहिलो देश बनेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर नमूना लिएर ५३ दिनपछि पृथ्वीमा फर्किएको हो ।

चीनले मे ३ तारिखमा चाङइ-६ मिसन प्रक्षेपण गरेको थियो । न्यूयोर्क टाइम्सका अनुसार यस अनुसन्धानको लक्ष्य चन्द्रमाको सबैभन्दा टाढाको भागमा गएर नमूना संकलन गरी पृथ्वीमा पठाउने थियो । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य राखेको छ । यो मिसन पनि त्यही लक्ष्यको हिस्सा हो ।

अहिलेसम्म चन्द्रमामा गएका सबै १० चन्द्र अभियानहरू नजिकैको भागमा मात्र पुगेका छन् । यसमा भारत र अमेरिका पनि परेका छन् । यस्तो अवस्थामा चीनले चन्द्रमाको टाढाको भागबाट नमूना ल्याएर अन्तरिक्ष दौडमा अमेरिकालाई कडा चुनौती दिएको छ ।

सीएनएनका अनुसार चाङ्गे-६ को रि-इन्ट्री मोड्युल चीनको उत्तरी भागमा अवतरण भएको थियो । यसपछि खोजी टोली केही मिनेटमै यस मोड्युलमा पुग्यो । चिनियाँ वैज्ञानिकहरूले मिसन सफल भएको जानकारी दिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यो मिसनको सफलता चीनको सपना साकार पार्न कोसेढुंगा साबित हुने बताएका छन् । यसबाट चीन अन्तरिक्ष शक्ति बन्ने नजिक पुगेको छ । मानव पठाउनका साथै चीनले सन् २०३० सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा अनुसन्धान आधार निर्माण गर्न चाहन्छ ।

अहिलेसम्मको अनुसन्धानले चन्द्रमाको यस भागमा बरफको रूपमा पानी रहेको सम्भावना देखाएको छ । अमेरिका पनि चन्द्रमाको यो भागमा आफ्नो बेस बनाउन चाहन्छ । रिपोर्टका अनुसार चाङ्गे-६ मिसनले चन्द्रमाको सतहबाट २ किलोग्राम माटो आफैं लिएर फर्केको छ ।

चन्द्रमाको सतहबाट नमूना संकलन गर्न ड्रिल र रोबोटिक हातहरू प्रयोग गरिएको थियो । यसमार्फत चन्द्रमामा रहेको ४ अर्ब वर्ष पुरानो क्रेटरबाट माटो निकालिएको थियो । यसपछि नमूनालाई क्याप्सुलमा राखेर पुनः प्रवेश गर्ने गाडीमा सारिएको थियो ।

चिनियाँ वैज्ञानिकहरूले अब नमूनामा अनुसन्धान गर्नेछन् । यस अवधिमा चन्द्रमासँगै पृथ्वी र सौर्यमण्डलको निर्माणबारे अध्ययन गरिनेछ । चीनको अनुसन्धान पूरा भएपछि यसलाई अन्य देशसँग पनि बाँड्नेछ ।

चाङ्गे-६ मे ३ मा दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण भएको थियो । यो चन्द्रमाको तीन ठूला र सबैभन्दा प्रमुख भूमि भागहरू मध्ये एक हो । त्यसैले यसको वैज्ञानिक मूल्य धेरै उच्च छ । यस मिसनमा चीनले अन्य देशबाट पनि पेलोड लिएको थियो । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १ : ०५ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड