विराटनगर महानगरका अधिकांश वडा डुबानमा (तस्बिरहरू) « Khabarhub

विराटनगर महानगरका अधिकांश वडा डुबानमा (तस्बिरहरू)


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– अविरल वर्षाका कारण विराटनगरका आधिकांश स्थान डुबानमा परेका छन् ।

पानीको सतह बढेसँगै महानगरका १९ वडा मध्ये १२ वडा  डुबानमा परेका हुन् । प्रभावित क्षेत्रका ५ सय बढी परिवारलाई उद्धार गरी सुरक्षित स्थानमान लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार डुबानमा परेका बस्तीका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा लौजानेक्रम जारी रहेको बताए । उनले महानगर भित्र १२ सय बढी परिवार डुबानबाट प्रभावित भएको जानकारी दिए ।

विराटनगर महानगरले तयार पारेको पूर्वानुमान अनुसार बाढी र डुबानबाट महानगरका ९ हजार परिवारका ४२ हजार जनसंख्या प्रभावित हुने अनुमान छ ।

नगरस्तरीय विपत व्यवस्थापन समितिले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार ८ वटा क्लष्टर तयारी गरी विपदको समयमा गर्ने काम बाँडफाँड समेत गरिएको छ ।

विपद व्यवस्थापन शाखाकी प्रमुख अनिता न्यौपाने, कोइरालाका अनुसार विपद पूर्वतयारी प्रतिकार्य योजना अनुसार महानगरका कुन कुन स्थानमा बहुप्रकोप जोखिमको पहिचान गरी आवश्यक तयारीमा जुटेको बताइन् ।

महानगरले पहिचान गरेको मुख्य क्षेत्रहरूमा सिंघिया खोला आसपास पर्ने १, २, ७, ८, १४, १८ र १९ नम्बर वडाका ३ हजार ७० घरपरिवार प्रभावित हुने अनुमान रहेको छ ।

त्यसैगरी केशलिया खोलाबाट महानगरको वडा नम्बर ४, ५, ६ ११ र १२ गरी १ हजार ४ सय ९५ घर प्रभावित हुने अनुमान महानगरको छ ।

बस्ता पैनीबाट महानगरको वडा नम्बर ६, ७ र ८ का २ हजार २ सय १० घर परिवार प्रभावित हुने अनुमान छ ।

डुबानले महानगरको वडा नम्बर ९ बाहेकका सबै वडा प्रभावित हुने जोखिम रहेको छ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १२ : ५२ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट