विराटनगर महानगरका अधिकांश वडा डुबानमा (तस्बिरहरू) « Khabarhub

विराटनगर महानगरका अधिकांश वडा डुबानमा (तस्बिरहरू)


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– अविरल वर्षाका कारण विराटनगरका आधिकांश स्थान डुबानमा परेका छन् ।

पानीको सतह बढेसँगै महानगरका १९ वडा मध्ये १२ वडा  डुबानमा परेका हुन् । प्रभावित क्षेत्रका ५ सय बढी परिवारलाई उद्धार गरी सुरक्षित स्थानमान लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार डुबानमा परेका बस्तीका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा लौजानेक्रम जारी रहेको बताए । उनले महानगर भित्र १२ सय बढी परिवार डुबानबाट प्रभावित भएको जानकारी दिए ।

विराटनगर महानगरले तयार पारेको पूर्वानुमान अनुसार बाढी र डुबानबाट महानगरका ९ हजार परिवारका ४२ हजार जनसंख्या प्रभावित हुने अनुमान छ ।

नगरस्तरीय विपत व्यवस्थापन समितिले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार ८ वटा क्लष्टर तयारी गरी विपदको समयमा गर्ने काम बाँडफाँड समेत गरिएको छ ।

विपद व्यवस्थापन शाखाकी प्रमुख अनिता न्यौपाने, कोइरालाका अनुसार विपद पूर्वतयारी प्रतिकार्य योजना अनुसार महानगरका कुन कुन स्थानमा बहुप्रकोप जोखिमको पहिचान गरी आवश्यक तयारीमा जुटेको बताइन् ।

महानगरले पहिचान गरेको मुख्य क्षेत्रहरूमा सिंघिया खोला आसपास पर्ने १, २, ७, ८, १४, १८ र १९ नम्बर वडाका ३ हजार ७० घरपरिवार प्रभावित हुने अनुमान रहेको छ ।

त्यसैगरी केशलिया खोलाबाट महानगरको वडा नम्बर ४, ५, ६ ११ र १२ गरी १ हजार ४ सय ९५ घर प्रभावित हुने अनुमान महानगरको छ ।

बस्ता पैनीबाट महानगरको वडा नम्बर ६, ७ र ८ का २ हजार २ सय १० घर परिवार प्रभावित हुने अनुमान छ ।

डुबानले महानगरको वडा नम्बर ९ बाहेकका सबै वडा प्रभावित हुने जोखिम रहेको छ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १२ : ५२ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका