वर्षालाई केन्द्रमा राखेर फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक  « Khabarhub

वर्षालाई केन्द्रमा राखेर फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक 


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका वर्षा सिवाकोटीलाई केन्द्रमा राखेर फिल्म ‘मोदिबेनी’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बुधबार सार्वजनिक गरेको पोस्टरमा वर्षासहित नायक अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलिप केसी र नायिका रेजिना उप्रेतीलाई देख्न सकिन्छ । 

पोस्टरमा अन्य कलाकारभन्दा वर्षाको फोटो ठूलो राखिएको छ । यसबाट उनी चलचित्रको केन्द्रीय भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । अमर र प्रवीणलाई भने समान स्थान दिइएको छ । त्यस्तै, रेजिना उप्रेतीलाई गाउँले महिलाको पहिरनमा देख्न सकिन्छ भने दिलिप केसी घोडामा चढेका छन् । उनलाई गाउँको सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ । 

यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए । जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो। 

निर्देशक शंकर कोइरालाका अनुसार यो फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ। यो फिल्मका लेखक आनन्द विक्रम क्षत्री हुन् । 

फिल्ममा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीपसहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबीस बर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ । फिल्मको प्रमुख भूमिकामा रहेका अमरले यसै फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछन् । 

फिल्मको निर्माता दिलिप केसी हुन् भने सह-निर्माता हरि श्रेष्ठ हुन् । फिल्म श्रावण १८ बाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १ : ११ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान