विपक्षले संसद्‌मा जनताको आवाजको प्रतिनिधित्व गर्छ : राहुल गान्धी | Khabarhub Khabarhub

विपक्षले संसद्‌मा जनताको आवाजको प्रतिनिधित्व गर्छ : राहुल गान्धी


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका नयाँ विपक्षी दलका नेता राहुल गान्धीले एक दशकदेखि रिक्त रहेको पदको औपचारिक रूपमा कार्यभार सम्हालेपछि आफ्नो पहिलो सम्बोधनमा आफ्ना सांसदहरू चुप लागेर नबस्ने संसद्मा अन्यायविरूद्ध आवाज बुलन्द गर्ने बताएका छन् । 

विपक्षी सांसदहरूले मोदी प्रशासनलाई चुनौती दिने आशासहित गान्धीलाई विपक्षी नेताका रूपमा चयन गरेका छन् । 

‘सरकारसँग राजनीतिक शक्ति छ, तर विपक्षले पनि भारतीय जनताको आवाजको प्रतिनिधित्व गर्छ,’ गान्धीले संसद्को तल्लो सदनमा सम्बोधन गर्दै भने। 

कुनै समयको शक्तिशाली भारतीय राष्ट्रिय कांग्रेससंग संसद्‌मा आवाज बुलन्द पार्न विधायिकामा पर्याप्त सिट थिएनन् ।

पहिलो दुई कार्यकालमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) ले भारी मतान्तरले विजय हासिल गरेपछि संसद्मा विपक्षीहरूको आवाज ‘शून्य’ बनेको थियो । 

भाजपाले यस वर्षको चुनावमा मात्र २४० सिट जितेको छ, जुन एक दशकयताकै सबैभन्दा कम सदस्यसङ्ख्या हो र बहुमतका लागि आवश्यक सदस्यभन्दा ३२ सीट कम हो । यसले गर्दा भाजपाले ५४३ सिटको तल्लो सदनमा २९३ सिटको बहुमत निर्माण गर्न गठबन्धनका सहयोगीहरूमाथि भर परेको छ । 

त्रिहत्तर वर्षीय मोदीले सोमबार ‘सहमति’ का लागि विपक्षीलाई आग्रह गरेका थिए । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  २ : ४४ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग