वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो « Khabarhub

वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन डिभिजन वन कर्यालय लहान, सिरहाले भत्काएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ स्थानीय सत्यदेव यादवले सरकारी नाप, नक्सा तथा दर्ता भएको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भवन मङ्गलबार भत्काइए डिभिजन वन कार्यालय लहानका प्रमुख सुजीतकुमार झाले जानकारी दिए ।

निर्माणाधीन अवस्थामै वन कार्यालयले काम रोक्न मौखिक तथा लिखितरुपमा गरेको अनुरोधलाई बेवास्ता गरेपछि घर भत्काउन बाध्य भइएको उनले बताए ।विसं २०७९ को आमनिर्वाचनको समय पारेर उक्त भवन निर्माण गरिएको उनले बताए ।

“हामीले निर्माणकै क्रममा पटकपटक मौखिक तथा लिखित सूचना गरेका थियौँ । उहाँले मतदानको दिन पारी कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर छत ढलान गर्नुभयो”, प्रमुख झाले भने, “हामीले सबै प्रक्रिया पूरा गरेर घर भत्काएका हौँ ।”

सबडिभिजन कार्यालय गोलबजारबाट १५ दिने सूचना दिएर नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा भवन तथा जग्गा खाली गराइएको प्रमुख झाले जानकारी दिए । मधेस प्रदेश सरकारको चालू आव २०८०/८१ को कार्यक्रमअनुसार अब वन क्षेत्रको अतिक्रमण हटाइ तारबारसहितको वृक्षरोपण गर्ने योजना रहेको उनले बताए ।

वडाध्यक्ष सुरेन्द्रकुमार सिंहले जानाजानी वनक्षेत्रको जग्गामा पक्की घर बनाउन नमिल्ने भन्दै सुरुमै काम रोक्न अनुरोध गरे पनि नमानेकाले डोजर चलाउनु परेको बताए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ३९ बजे

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।