चर्को लोडसेडिङको विरोधमा पाकिस्तानमा प्रदर्शन « Khabarhub

चर्को लोडसेडिङको विरोधमा पाकिस्तानमा प्रदर्शन


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चर्को लोडसेडिङको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन भएको छ ।

बारम्बार विद्युत आपूर्ति ठप्प हुँदा जनजीवन कष्टकर बनेको भन्दै खैबर पख्तुनख्वाका पेशावर, नौसेरा र मर्दानजस्ता सहरमा प्रदर्शनको आयोजना गरिएको हो ।

प्रदर्शनकारीले ग्राण्ड ट्रंक रोडमा चक्काजाम गर्दै सरकारविरोधी नाराबाजी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रदर्शनका कारण केही एम्बुलेन्स पनि बीच बाटैमा रोकिएका छन् ।

त्यसबाहेक प्रान्तका पूर्वमुख्यमन्त्री परभेज खट्टकको कार पनि प्रदर्शनकारीको निशानामा परेको एएनआईले उल्लेख गरेको छ ।

प्रदर्शनमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीले पनि ऐक्यबद्धता व्यक्त गरेको छ । प्रदर्शनमा व्यवसायी, विद्यार्थी, कानून व्यवसायी तथा आम सर्वसाधारणको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ५२ बजे

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर