विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन « Khabarhub

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएका छन् ।

विपद्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्धारमा खटिन उनले निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज समसामयिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक थापाले राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व सङ्कलन वृद्धिका लागि परिणाममुखी काम गर्न आग्रह गरे ।

उनले लागुऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कटिबद्ध भई लाग्नुपर्नेमा जोड दिँदै कारोबारमा सम्बद्ध जो कोहीलाई कानुनको दायरामा ल्याउन तथा सीमानाकामा कडाइका साथ निगरानी गर्न निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयबाट भएका नीति निर्देशनहरू कार्यान्वयन गर्नुपर्ने र प्रहरी सङ्गठनको कार्यसम्पादनस्तर बढाउन प्रहरीको आचरण व्यवहार परिवर्तन हुनुपर्नेमा उनले जोड दिए ।

अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रहरीको आन्तरिक शुद्धीकरण, स्थायित्व र सुशासनका सन्दर्भमा सकारात्मक ऊर्जाका साथ लाग्न उनले सुझाव दिए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : १५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया