विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन « Khabarhub

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएका छन् ।

विपद्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्धारमा खटिन उनले निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज समसामयिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक थापाले राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व सङ्कलन वृद्धिका लागि परिणाममुखी काम गर्न आग्रह गरे ।

उनले लागुऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कटिबद्ध भई लाग्नुपर्नेमा जोड दिँदै कारोबारमा सम्बद्ध जो कोहीलाई कानुनको दायरामा ल्याउन तथा सीमानाकामा कडाइका साथ निगरानी गर्न निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयबाट भएका नीति निर्देशनहरू कार्यान्वयन गर्नुपर्ने र प्रहरी सङ्गठनको कार्यसम्पादनस्तर बढाउन प्रहरीको आचरण व्यवहार परिवर्तन हुनुपर्नेमा उनले जोड दिए ।

अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रहरीको आन्तरिक शुद्धीकरण, स्थायित्व र सुशासनका सन्दर्भमा सकारात्मक ऊर्जाका साथ लाग्न उनले सुझाव दिए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : १५ बजे

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा