महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा « Khabarhub

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरमा आयोजना गरेको पूर्ण खोपयुक्त जिल्ला घोषणासभालाई सम्बोधन गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् ।

उनले ‘खोजी खोजी खोप लगाऔँ, देशको भविष्यलाई सुनिश्चित बनाऔँ’ भन्ने नारा लगाउँदै जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीलाई पूर्ण खोपयुक्त जिल्ला बनाउनमा पु(याएको योगदानको प्रशंसा गरे । उनले आजको बालबालिका, भोलिको भविष्य रहेकाले भविष्य पूर्ण स्वस्थ्य हुनुपर्ने र त्यसका लागि सबै प्रकारका खोप अनिवार्य रहेकाले कुनै बालबालिका खोपबाट वञ्चित नहुनुपर्ने धारणा राखे ।

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसँगै मधेस प्रदेश पूर्ण खोपयुक्त घोषणा हुने बाटो खुलेको छ । यसै साता मधेस प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिने मन्त्री सिंहले बताए ।

कार्यक्रमका अध्यक्ष महोत्तरी जिल्ला समन्वय समिति तथा खोप समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णलाई मन्त्री सिंहले पूर्ण खोपयुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्दै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका थिए ।

सोही कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री केशव राय, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स्वास्थ्य कार्यालय प्रमुख सुनिता गुप्तालगायतले जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : ३५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट