रामेछापको फर्पुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु « Khabarhub

रामेछापको फर्पुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामेछापमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।

जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो।

रामेछाप प्रहरीका अनुसार पहिरोमा परेर १३, १५ र १७ वर्षीया किशोरीको मृत्यु भएको हो। १७ वर्षीया सीता तामाङ, १५ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

पहिरोको जोखिममा रहेका केही घरका स्थानीयको उद्धार भएको छ।

रामेछाप प्रहरीका अनुसार खेतमा काम गरेर चाँडै घर फर्किएका तीन जनालाई घरसँगै पहिरोले छोपेको हो । उद्धारका लागि प्रहरीको टोली रातिदेखि सक्रिय भए पनि अहिले थप विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका डिउटी अफिसरले बताएका छन् ।

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ६ : ०२ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन