लोक गायक एलपी जोशीको निधन « Khabarhub

लोक गायक एलपी जोशीको निधन


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


22.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो।

वि.सं. १९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशी बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए। उनको झापाको दमकस्थित घरबाट अस्पाल लानेक्रममा बाटोमै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनी लामो समयदेखि मधुमेहको औषधि खाँदै आएका थिए।

उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए। २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए।

उनको ‘रिटिङ रिटिङ…’ बोलको गीत सबैभन्दा चर्चित छ। उनको ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो…’ गीतसमेत जनजनमा चर्चित छ। पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुनेछ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ६ : ४० बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट